काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्साह छाएको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक ३४.२२ अङ्कले बढेको हो ।
परिसूचक २६००.३८ विन्दुमा पुगेको छ । बजारमा आज ७ अर्ब ५१ करोडको कारोबार भएको छ । बजारमा आज २१६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर छ । म्युचुअलफ फण्ड बाहेक बजारका सबै समूहको सूचक बढेको छ । हाइड्रोपावर क्षेत्रमा सबैभन्दा धेरै २ प्रतिशत माथिको वृद्धि भएको छ ।
बजारमा आज गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत र सुपर मादी हाइड्रोपावर,गणपति लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । एनअईबीएल स्ट्याबल फण्ड आज ५.७० प्रतिशत सहित धेरै घट्ने स्क्रिप बनेको छ ।
कारोबारका आधारमा आज हिमालयन बैंकको प्रोमोटर सेयरको १ अर्ब ६६ करोडको कारोबार भएको छ । राधी जलविद्युत् र नेपाल पुनर्बीमा कम्पनी ३० करोडभन्दा माथिको कारोबार सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।