काठमाडौं, साताको चौथौ कारोबारको दिन बुधबार शेयर बजार घटेर बन्द भएको छ ।
आज शेयर बजार नेप्से परिसूचक ५.१७ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४५ लाख १ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ ।
धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
अन्य समूह १.२० प्रतिशत घट्यो । बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७,जीवन बीमा ०।६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।