बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पहिलो त्रैमासको दबाबमा बैंकिङ क्षेत्र

पहिलो त्रैमासको दबाबमा बैंकिङ क्षेत्र

मेगा खबर संवाददाता

१२, कार्तिक २०८२
  • 460
    SHARES

  • पहिलो त्रैमासको दबाबमा बैंकिङ क्षेत्र

    काठमाडौँ, बैंक तथा वित्तीय संस्थाहरू चालू आर्थिक वर्ष २०८२८३ को पहिलो त्रैमास (असोज मसान्तसम्म)काे वित्तीय विवरण प्रकाशनको तयारीमा छन् ।

    कात्तिक २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाले यो अवधिको रिपोर्ट प्रकाशन गर्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशन छ । यसअघि त्रैमास सकिएको ७ दिनभित्रै वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था थियो । यसपटक विशेष परिस्थिति भन्दै केन्द्रीय बैंकले थप २१ गतेसम्मको समय दिएको छ । असोज मसान्तसम्ममा उठ्नुपर्ने रकम कात्तिक १५ भित्र उठेको अवस्थामा पनि यसलाई पहिलो त्रैमासिककै आम्दानीमा गणना गरेर रिपोर्ट प्रकाशन गर्न पाउने व्यवस्था गरिएको छ ।

    राष्ट्र बैंकले यो व्यवस्था गर्नुको पछाडि पछिल्लो अवस्था र सामान्य अवस्थामा भन्दा छिटो परेको चाडपर्वलाई देखाएको छ । त्रैमासको अन्तिम समयमा तिहारको माहौल सुरु हुने र रिपोर्ट प्रकाशन गर्न एक साता मात्रै समय पाउने व्यवस्था रहेकोमा आर्थिक अवस्थालाई मध्यनजर गर्दै यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यो व्यवस्थापछि कारण तिहार बिदापछि पनि बैंक तथा वित्तीय संस्थाहरू किस्ता तथा ब्याज उठाउन कसरत गरिरहेका छन् । अब किस्ता तथा ब्याज असुलीका लागि पाँच दिनमात्रै बाँकी छ । यो अवधि हेर्दा कस्तो आउँदै छ त आगामी रिपोर्ट ? ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल अहिले पनि बैंकहरु असुली गर्ने क्रममै रहेकोले र यो साताको अन्त्यमा मात्रै असुली अवस्थाबारे यकिन रूपमा भन्न सकिने बताउँछन् ।

    असोजमा धेरै चाडबाड पनि भयो । इकोनोमीको अवस्था पनि राम्रो छैन,प्रेसर परेकै छ,पोखरेल भन्छन्,राष्ट्र बैंकले १५ गतेसम्मको असुलीलाइ पनि गणना गर्न पाउने भनेर सहुलियत दिएको अवस्था छ । हामी प्रयास गर्दैछौं, सबै बैंकहरुले प्रयास गरिरहेकै छन् । बैंकरहरुले यसो भनिरहे पनि अहिले बैंकहरुले असुलीको चरम समस्याको महशुस गरिरहेका छन् । अहिलेसम्म अघिल्ला वर्षको तुलनामा आधा पनि असुली नभएको बैंकर्सको भनाइ छ ।

    मंगलवार, कार्तिक १२ २०८२११:२३:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार