बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तिहारपछि बढ्यो शेयर बजार, कारोबार रकम साढे २ अर्ब माथि

तिहारपछि बढ्यो शेयर बजार, कारोबार रकम साढे २ अर्ब माथि

मेगा खबर संवाददाता

१०, कार्तिक २०८२
  • 982
    SHARES

  • तिहारपछि बढ्यो शेयर बजार, कारोबार रकम साढे २ अर्ब माथि

    काठमाडौं, साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार बढेर बन्द भएको छ ।

    आज नेप्से परिसूचक ५.१९ अंकले बढेर २,५०९ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड को शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७।१६ प्रतिशतका दरले गुमाएका हुन् ।

    9.JPG

    आइतवार, कार्तिक १० २०८२०५:०२:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार