आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रूपैयाँ घटेर कारोबार भइरहेको छ ।
आज प्रतितेला २ लाख ४१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो । अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो ।
मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले लेखेको छ । यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो । गत शक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४१ सय १३ डलरमा कारोबार भइरहेको थियो । शनिबार र आइतबार भने अन्तर्राष्ट्रिय बजार बन्द रहन्छन् ।
आइतबार चाँदी भने तोलामा दुई सय ६५ रूपैयाँले घटेर तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।