काठमाडौं, आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा १८.४० अंकको गिरावट आएको छ । कारोबार बन्द हुँदा नेप्से सूचक २४८७।१७ विन्दुमा पुगेको छ ।
आज बजारमा कुल ३ अर्ब १९ करोड ६२ लाख ९० हजार २१८ रुपैयाँ ७६ पैसा बराबरको सेयर कारोबार भएको छ । ७५ लाख १५ हजार १७८ कित्ता सेयर समावेश छन् । ३०९ स्क्रिपका ३५ हजार ८३७ वटा कारोबारमार्फत उक्त कारोबार भएको हो । आज बजारमा ३७ वटा कम्पनीको मूल्य बढेको छ ।
२०४ वटाको मूल्य घट्दा ८ वटाको स्थिर छ । आज बैंकिङ र म्युचुअल फण्ड समूहमा सामान्य सुधार देखिँदा अन्य समूहका सूचक घटेका छन् । धेरै गिरावट अन्य समूहमा देखिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।