बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयर बजारका सबै सूचक बढे, ४ अर्ब ९७ करोडको कारोबार

सेयर बजारका सबै सूचक बढे, ४ अर्ब ९७ करोडको कारोबार

मेगा खबर संवाददाता

२७, आश्विन २०८२
  • 955
    SHARES

  • सेयर बजारका सबै सूचक बढे, ४ अर्ब ९७ करोडको कारोबार

    काठमाडौं, सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।

    नेप्से परिसूचक ४४.२५ अंक बढेसँगै २५४७ मा कायम भएको छ । कारोबार खुल्दा केही उतारचढाव देखिएको बजारले साढे १२ बजेपछि वृद्धिको लय लियो । समग्र बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब ९७ करोडको भयो । २ सय कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ८ को स्थिर रह्यो ।

    अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशत बढ्यो । बैंकिङ ०.२८,विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २।.०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ तथा व्यापार समूह २.८१ प्रतिशत बढे । नेपाल माइक्रोइन्स्योरेन्स,नेपाल पुनर्बीमा, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । इमर्जिङ नेपालको ९.९, एनआरएन इन्फ्रास्ट्रक्चरको ९.८, बुटवल पावरको ८.९८, सीईडीबी होल्डिङ्सको ८.४५ प्रतिशत मूल्य बढ्यो ।

    कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२६, थ्रीस्टार हाइड्रोपावरको ४.४५, समता लघुवित्तको ३.५३ प्रतिशत मूल्य घट्यो ।

    सोमवार, आश्विन २७ २०८२०३:४१:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार