बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय

उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय

मेगा खबर संवाददाता

२४, आश्विन २०८२
  • 724
    SHARES

  • उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय

    काठमाडौं, त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने निर्णय गरेको छ ।

    परीक्षा नियन्त्रण कार्यालय,बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको छ ।वार्षिक परीक्षा प्रणाली अन्तर्गत व्यवस्थापन संकाय,मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।

    २२ गते र २३ गतेका परीक्षाहरुको उत्तरपुस्तिकाहरु सुरक्षाका दृष्टिले नजिकको प्रहरी चौकीमा राखिएको थियो । आन्दोलनमा चौकी जलाएपछि उत्तरपुस्तिका जलेका हुन् ।

    त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेक बैठकले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो । 

    शुक्रवार, आश्विन २४ २०८२११:४३:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार