काठमाडौँ, सेयर बजार परिसूचक आज पनि घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४५.३६ अङ्क घटेर २५५९ अङ्कमा कायम भएको हो । बजारमा आज ५ अर्ब ७६ करोडको कारोबार भयो ।
बजारमा कारोबार भएका कम्पनीमध्ये आज १८ कम्पनीको मूल्य बढेको छ । २३२ को घट्दा एउटाको स्थिर । आज बजारका सबै समूहमा गिरावट आएको छ । फाइनान्स र होटल समूह ३ प्रतिशत भन्दा धेरैले घटेका छन् । विकास बैंक २.२८,हाइड्रोपावर २.३४, लगानी २.०२,घटेको छ ।
बजारमा आज आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावरको मूल्य ४.७ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको मूल्य ६.१२ प्रतिशतसहित सबैभन्दा धेरैले घट्यो । आज नेपाल पुनर्बीमा,युनियन हाइड्रोपावर,सिनर्जी पावर डेभलपमेन्ट,एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीको रूपमा छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।