बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयर बजार १११.७० अंकले बढ्यो, मध्याह्नपछि सम्हालिँदा उच्च सुधार

सेयर बजार १११.७० अंकले बढ्यो, मध्याह्नपछि सम्हालिँदा उच्च सुधार

मेगा खबर संवाददाता

५, आश्विन २०८२
  • 592
    SHARES

  • सेयर बजार १११.७० अंकले बढ्यो, मध्याह्नपछि सम्हालिँदा उच्च सुधार

    काठमाडौं, साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेर बन्द भएको छ ।

    आज व्यापार समुह साढे ८ प्रतिशतले बढ्दा शेयर बजारमा रौनक देखिएको छ । शेयर बजार मापक नेप्से परिसूचक १११ अंकले बढेर २६२३ को विन्दुमा कायम भएको छ । ४.४५ प्रतिशतले बढेको नेप्से २६२३.६२ बिन्दुमा उक्लिएको हो । आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड ३२ लाख २२४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ । 

    यसदिन निर्जिवन बीमा साढे ३ प्रतिशत र म्युच्युअल फण्ड ०.७३ प्रतिशतले घटेको छ भने व्यापार समुह ८.३३,लगानी समुह ७.७७, जलविद्युत समुह ५.९८,बिकास बैंक समुह ६.३४,जीवन बमिा समुह ५.९३,फाइनान्स समुह ६,बैंकिङ समुह ४.७६ प्रतिशतले बढेको छ ।

    आइतवार, आश्विन ५ २०८२०३:५६:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार