बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दसैंका लागि आजबाट सुरू भयो सुकिला नोट सटही,कहाँ-कहाँबाट हुन्छ ?

दसैंका लागि आजबाट सुरू भयो सुकिला नोट सटही,कहाँ-कहाँबाट हुन्छ ?

मेगा खबर संवाददाता

२९, भाद्र २०८२
  • 877
    SHARES

  • दसैंका लागि आजबाट सुरू भयो सुकिला नोट सटही,कहाँ-कहाँबाट हुन्छ ?

    काठमाडौँ, दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आजदेखि सुकिला नोट वितरण सुरु भएको छ ।

    राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।  
    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली,प्रदेशस्थित कार्यालयहरू विराटनगर,जनकपुर,वीरगञ्ज,पोखरा,सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिनेछ । अधिकांश वाणिज्य बैंकहरूले पनि सुकिला नोट सटही सुविधा दिइरहेको छ ।

    ग्राहकहरूले बैंकसँग बुझेर नजिकका स्थानमा गएर सटही सुविधा लिन सक्ने राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेले जानकारी दिए । दसैंका बेला राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भए पनि विगत केही वर्षदेखि भने सुकिला नोट मात्रै सटही गर्दै आएको छ । 

    यसअघि झै १८ हजार पाँच सय रूपैयाँसम्म सुकिला नोट साट्न पाइने भएको हो । ५, १०, २०,५० र एक सय दरको एकरएक बण्डल नोट साट्न सकिने भएको हो । साना दरका केही नोट भने नयाँ पाइने राष्ट्र बैंकले उल्लेख छ । 

    आइतवार, भाद्र २९ २०८२१२:१५:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार