काठमाडौँ उपत्यकामा लगाइएको कर्फ्यु र निषेधाज्ञा खुलेसँगै अत्यावश्यक कामका लागि घरबाहिर निस्किएका सर्वसाधारणको पेट्रोल पम्पमा लामो लाइन देखिएको छ ।
आज बिहानैदेखि सवारी साधनले गर्दा पम्पहरूमा भिडभाड बढेको छ । बालाजु,सामाखुसी,नयाँबजार,सोह्रखुट्टे,वनस्थली, लोकन्थली र जडीबुटी लगायतका क्षेत्रमा रहेका पेट्रोल पम्पहरूमा सवारी चालकहरू इन्धन भर्नका लागि लामबद्ध भएका थिए । उपत्यकाभरि केही पम्पहरू खुल्ला रहे पनि केही भने अझै बन्द अवस्थामा छन्


।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।