बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्यमा फेरि कीर्तिमान,कति पुग्यो तोलाको ?

सुनको मूल्यमा फेरि कीर्तिमान,कति पुग्यो तोलाको ?

मेगा खबर संवाददाता

२२, भाद्र २०८२
  • 499
    SHARES

  • सुनको मूल्यमा फेरि कीर्तिमान,कति पुग्यो तोलाको ?

    काठमाडौँ, अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

    गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढेर रु दुई लाख १२ हजार कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज एक तोला चाँदी रु दुई हजार ५०० मा किनबेच भइरहेको छ । 

    गत बुधबार एक तोला सुन  रु दुई लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी रु दुई हजार ४८० मा खरिदबिक्री भएको थियो ।

     

    आइतवार, भाद्र २२ २०८२१२:०९:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार