काठमाडौं, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन,चाँदी,रत्न तथा आभूषण व्यवसायमा लागू हुने विलासिता शुल्क सम्बन्धमा नयाँ व्यवस्था लागू भएको जानकारी दिएको छ।
महासंघले सोमबार जारी गरेको सूचना अनुसार अब विलासिता शुल्क उपभोक्ताबाट मात्रै संकलन गरिने व्यवस्था लागु गरिएको छ । यस अर्थमा व्यवसायी वा बैंक,होलसेलरबाट खरिद गर्दा शुल्क लाग्दैन । उपभोक्ताले खरिद गरेको सुन फिर्ता गर्दा पनि कुनै शुल्क नलाग्ने महासंघले जनाएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।