काठमाडौं, नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा उक्लिएको छ । सेन्सेटिभ इण्डेक्स ८.५२ अंकले बढेर ४८३.४२ विन्दुमा पुगेको छ ।
३२१ स्क्रिप्सको १ करोड ४९ लाख ८६ हजार १४२ कित्त सेयर ७ अर्ब ६८ करोड ३३ लाख ६ हजार ४४१ रुपैयाँमा खरिदबिक्री भए । विकास हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सो कम्पनीको सेयर १० प्रतिशतले बढ्दा समता घरेलु लघुवित्त वित्तीय संस्थाको ९.३६ र ग्रीन भेन्चर्सको ८.०८ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ६५ करोड मूल्य बराबरको सेयर कारोबार भयो । नेपाल रिइन्स्योरन्सले ५० करोड बराबरको सेयर कारोबार गर्दा ग्रिन भेन्चर्सको ४६ करोड,हिमालयन डिस्टिलरीको ४३ करोड र नेपाल रिपब्लिक मिडियाको २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
कारोबारमा आएकामध्ये २३२ स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो। सबै समूहको उपसूचक सकारात्मक देखिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।