बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो

नेपाल सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो

मेगा खबर संवाददाता

८, भाद्र २०८२
  • 697
    SHARES

  • नेपाल सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो

    काठमाडौँ, आर्थिक वर्ष २०८१८२ मा नेपाल सरकारले आन्तरिक र बाह्य ऋणसहित कुल २६खर्ब ६९ अर्ब ६५ करोड ऋण तिर्न बाँकी रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । 

    असार मसान्तसम्मको तथ्याङ्क अनुसार यसमध्ये बाह्य ऋण १४खर्ब १ अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको  प्रतिवेदन अनुसार अघिल्लो वर्ष कुल सार्वजनिक ऋण गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२.७१ प्रतिशत थियो भने चालु आर्थिक वर्षमा यो बढेर ४३.७१ प्रतिशत पुगेको छ । आन्तरिक ऋणतर्फ सरकारले चालु वर्षमा रु.३२९ अर्ब ९९ करोड परिचालन गरेको छ भने रु.२४३ अर्ब ९१ करोड साँवा भुक्तानी गरेको छ । यस अवधिमा रु.८६ अर्ब ८ करोड खुद आन्तरिक ऋण परिचालन भएको हो,जुन कुल गार्हस्थ्य उत्पादनको १.४ प्रतिशत बराबर हो ।

    सरकारले चालु वर्षमा रु.१२५ अर्ब ४० करोड बाह्य ऋण परिचालन गरेको छ ।

    आइतवार, भाद्र ८ २०८२०३:४४:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार