बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेप्सेमा आज पनि गिरावट, ५ अर्बको कारोबार

नेप्सेमा आज पनि गिरावट, ५ अर्बको कारोबार

मेगा खबर संवाददाता

५, भाद्र २०८२
  • 829
    SHARES

  • नेप्सेमा आज पनि गिरावट, ५ अर्बको कारोबार

    काठमाडौं, हिजो घटेको शेयर बजार आज पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव २२ अङ्कले घटेर २ हजार ७ सय ५७ दशमलव ९७ विन्दुमा झरेको छ ।

    आज निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज १ सय ९७ वटा कम्पनीको शेयर घट्दा ५३ वटाको बढेको छ ।आज जनउत्थान सामुदायिक लघुवित्त र सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका १ करोड ६८ लाख कित्ता शेयर ५ अर्ब २ करोड रुपैयाँमा किनबेच भएको छ ।

    बिहिवार, भाद्र ५ २०८२०४:३७:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार