बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयर बजारसँगै घट्यो कारोबार रकम ,५ अर्ब २० करोडको कारोबार

सेयर बजारसँगै घट्यो कारोबार रकम ,५ अर्ब २० करोडको कारोबार

मेगा खबर संवाददाता

४, भाद्र २०८२
  • 745
    SHARES

  • सेयर बजारसँगै घट्यो कारोबार रकम ,५ अर्ब २० करोडको कारोबार

    काठमाडौँ, साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कले घटेको । बजार बन्द हुँदा नेप्से परिसूचक ९.७० अङ्कले घटेर २७६७.२० को विन्दुमा झरेको छ ।

    बजारसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्री भई कुल ५ अर्ब २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका कुल कम्पनीमध्ये ५९ वटाको मूल्य बढेको छ भने १८८ वटाको मूल्य घटेको छ ।

    दुई वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । बुधबारको बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३२१.३० रुपैयाँ पुगेको छ । चन्द्रागिरि हिल्स ७.४२ प्रतिशत बढेको । त्यस्तै पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.०३ प्रतिशत ले घटेर ४०८.६८ रुपैयाँमा झरेको छ ।

    बुधवार, भाद्र ४ २०८२०३:४४:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार