बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चालु आर्थिक वर्षको पहिलो महिना विदेश जान ६८ हजारले लिए श्रम स्वीकृति

चालु आर्थिक वर्षको पहिलो महिना विदेश जान ६८ हजारले लिए श्रम स्वीकृति

मेगा खबर संवाददाता

४, भाद्र २०८२
  • 586
    SHARES

  • चालु आर्थिक वर्षको पहिलो महिना विदेश जान ६८ हजारले लिए श्रम स्वीकृति

    काठमाडौं, साउन महिनामा विदेश जान चाहने ६८ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति पाएका छन् ।

    वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको पहिलो महिना ६८ हजार ११० जनालाई श्रम स्वीकृति प्रदान गरेको हो । विभागको तथ्यांक अनुसार व्यक्तिगत तवरबाट ८ हजार ५४७ पुरुष र ३ हजार २२५ जना महिला गरी कुल ११ हजार ७७२ जनाले श्रम स्वीकृति लिएका छन् । मेनपावरमार्फत पुरुष २९ हजार १३० र महिला २ हजार ७०० गरी कुल ३१ हजार ८३० जनाले श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृतिमार्फत पुरुष २० हजार ५४७ र महिला ३ हजार ९७ गरी कुल २३ हजार ६४४ जनाले तथा जीटुजीमार्फत पुरुष ७२४ र महिला १४० गरी कुल ८६४ जनाले श्रम स्वीकृति लिएका छन् ।

    विभागका अनुसार कुल ६८ हजार ११० जनाले श्रम स्वीकृति लिँदा महिला ९ हजार १६२ जना छन् भने पुरुष ५८ हजार ९४८ जना छन् । गत आर्थिक वर्षको साउन महिनाको तुलनामा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा पुरुष ५१ हजार ४३० र महिला ८ हजार १४५ जना गरी कुल ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । 

    विभागका अनुसार साउन महिनामा मात्रै वैदेशिक रोजगारीमा ठगीसम्बन्धी ५८० वटा उजुरी परेको छ । जसमा ७४ वटा उजुरी मिलापत्र गराइएको छ भने २६ वटाचाहिँ अदालतमा पुगेको छ । 

    बुधवार, भाद्र ४ २०८२१२:२६:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार