बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मत दिन कांग्रेसको ह्विप

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मत दिन कांग्रेसको ह्विप

मेगा खबर संवाददाता

२६, श्रावण २०८२
  • 847
    SHARES

  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मत दिन कांग्रेसको ह्विप

    कांग्रेस बागमती प्रदेश संसदीय दलले दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मत दिन ह्विप जारी गरेको छ।

    कांग्रेस संसदीय दलको बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बाग्मती प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न प्रदेशसभाको यही साउन २७ गते मंगलबार दिउँसो ४ः०० बजे बस्ने गरी आह्वान गरेको छ ।

    उक्त बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन,तटस्थ नहुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्विप जारी गरिएको हो ।

    आइतवार, श्रावण २६ २०८२१२:२५:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार