बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा फेरि बहादुर लामा र इन्द्र बानियाँबिच भिडन्त

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा फेरि बहादुर लामा र इन्द्र बानियाँबिच भिडन्त

मेगा खबर संवाददाता

१५, श्रावण २०८२
  • 1.0K
    SHARES

  • बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा फेरि बहादुर लामा र इन्द्र बानियाँबिच भिडन्त

    काठमाडौँ, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।

    मंगलबार हुन लागेको संसदीय दलको निर्वाचनका लागि लामा र बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन् । यसअघि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । बानियाँको प्रस्तावकमा यांकिला शेर्पा रहेकी छन् भने समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् ।

    निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम बिहान ११ बजे सम्पन्न भएको छ । अब उम्मेदवारहरूको प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

    बुधवार, श्रावण १५ २०८२११:३८:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार