काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । छापावाल सुन नै प्रति १० ग्राम बिहीबार १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।