काठमाडौं, नेपाल धितोपत्र बोर्डले दोस्रो बजारबाट सेयर खरिद गर्दा सेयर लगानीकर्ताले अबदेखि बैंक खातामा रकम भएमात्रै सेयर किन्न पाउने घोषणा गरेको छ ।
बोर्डले आर्थिक वर्ष २०८२्८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त व्यवस्था गर्ने घोषणा गरेको हो । बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ,‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने ।
यसैगरी धितोपत्रको प्राथमिक निष्काशन (आईपीओ)मा आवेदन दिनसाथ बैंक खाताको रकम रोक्का हुने व्यवस्था छ । बोर्डले नीति तथा कार्यक्रमा आईपीओमा आवेदन दिँदा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सिडिएस एण्ड क्लियरिङबाट ‘एपीआई’ लिए आवेदकको आवेदन तत्कालै ‘सिस्टम भेरीफिलकेसन’ भई,आवेदन रकम रोक्का हुने तथा सोही अनुसार धितोपत्र बाँडफाट पश्चात फुकुवा हुने व्यवस्था गर्ने घोषणा गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।