बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दोब्बर गुणाले बढ्यो लसुनको आयात

दोब्बर गुणाले बढ्यो लसुनको आयात

मेगा खबर संवाददाता

७, श्रावण २०८२
  • 496
    SHARES

  • दोब्बर गुणाले बढ्यो लसुनको आयात

    काठमाडौँ,  आर्थिक वर्ष २०८१८२ मा लसुनको आयात मात्रै दुई गुणाले बढेको छ ।

    एक वर्षको अवधिमा ६ अर्ब ७० करोड बराबरका ५ करोड ७ लाख ९३ हजार किलोग्राम लसुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । भन्सारले यसबापत मात्रै १ अर्ब ७२ करोड रुपैयाँ कर सङ्कलन गरेको छ । आएको मध्ये लगभग सबै आयात चीनबाट नै भएको छ । अघिल्लो आर्थिक वर्षमा सोही वस्तुको आयात २ अर्ब २२ करोड रुपैयाँ बराबरको १ करोड ७० लाख किलोग्राम आयात भएको थियो । सो आयातबाट ५७ करोड रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको थियो । यो वर्ष आयात लागत,परिमाण तथा राजस्व सबै करिब २०० प्रतिशतले बढेको देखिन्छ ।

    नेपालमा अहिले करिब सवा २ करोड जनसङ्ख्या रहेको अनुमान छ । अहिले नेपालमा नै झन्डै ७५ हजार मेट्रिकटन (साढे ७ करोड किलोग्राम) लसुन फल्ने अनुमान गरिएको छ । यो हिसाबले एक जनाले वर्षमा झन्डै ३ किलो लसुन उपभोग गर्न नेपालकै उत्पादनले पुग्ने देखिन्छ । 

    मंगलवार, श्रावण ७ २०८२०४:०४:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार