बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयर बजारमा ११ महिनापछिकै उच्च मूल्यको कारोबार

सेयर बजारमा ११ महिनापछिकै उच्च मूल्यको कारोबार

मेगा खबर संवाददाता

५, श्रावण २०८२
  • 814
    SHARES

  • सेयर बजारमा ११ महिनापछिकै उच्च मूल्यको कारोबार

    काठमाडौं, साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । 

    आज शेयर बजार नेप्से परिसूचक ०.३२ अंकले बढेर २,८७० को विन्दुमा कायम भएको छ भने १०५ कम्पनकिो शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ ।

     यो ११ महिना यता कै उच्च कारोबार हो । यस अघि गत अगस्ट १८ मा सवा २८ अर्ब माथिको शेयर कारोबार भएको थियो । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    4 share.JPG

    आइतवार, श्रावण ५ २०८२०४:१२:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार