काठमाडौं, साताको अन्तिम कारोबारको दिन बिहिबार तथा नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजार नेप्सेमा उछाल आएको छ ।
आज शेयर बजार भारी अंकको वृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७५.८४ अंकले बढेर २,८७० को विन्दुमा कायम भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ । आज दिनभरिमा ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावरको ६० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबै सुचकमा हरियालि छाएको छ । यसदिन अन्य समुह सर्वाधिक ५.३७ प्रतिशतले बढेको छ भने लगानी समुह ३.३३,जीवन बीमा ३.१९,जलविद्युत ३.१५ र उत्पादन तथा प्रशोधन समुह २.९३ प्रतिशतले बढेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।