बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजदेखि सुनचाँदीको खरिद बिक्रीमा २ प्रतिशत विलासिता कर लाग्ने

आजदेखि सुनचाँदीको खरिद बिक्रीमा २ प्रतिशत विलासिता कर लाग्ने

मेगा खबर संवाददाता

२, श्रावण २०८२
  • 481
    SHARES

  • आजदेखि सुनचाँदीको खरिद बिक्रीमा २ प्रतिशत विलासिता कर लाग्ने

    काठमाडौं, सरकारको आर्थिक विधेयकमार्फत व्यवस्था भए बमोजिम कारोबारको २ प्रतिशत बराबरको विलासिता कर लाग्न सुरु भएको हो । 

    बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा,व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ । अघिल्लो आर्थिक वर्षको १० लाख रुपैयाँभन्दा धेरै खरिदमा मात्रै यस्तो कर लाग्ने व्यवस्था थियो भने अब जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि उक्त कर तिर्नु पर्ने छ । 

    उक्त कर खारेजी गर्न माग गर्दै व्यवसायीहरू आन्दोलन गर्दै आएका थिए । सरकारसँग ‘समस्या समाधान गर्ने’ सहमति भएर आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता भने लिएको छैन । अहिले सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ छ ।

    विलासिताबापतको २ प्रतिशत जोड्दा ग्राहकले सो मूल्यमा थप २ प्रतिशत करिब ३८३६ रुपैयाँ थप तिर्नु पर्छ । प्रत्येक कारोबारमा यस्तो लाग्दै जाने व्यवस्था छ । 

    बिहिवार, श्रावण २ २०८२०१:०६:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार