काठमाडौँ, आर्थिक वर्ष २०८२०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०८१०८२ को अन्तिम दिन अर्थात असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य रु ५ रुपैयाँ बढेर कारोबार भएको हो ।
बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ कायम भएकोमा बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।