बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

साउनको लागि कुन बैंकको ब्याजदर कति ?

साउनको लागि कुन बैंकको ब्याजदर कति ?

मेगा खबर संवाददाता

१, श्रावण २०८२
  • 556
    SHARES

  • साउनको लागि कुन बैंकको ब्याजदर कति ?

    काठमाडौं, बाणिज्य बैंकहरुले साउनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छे । 

    सञ्चालनमा रहेको २० बाणिज्य बैंकहरुमध्ये १३ वटाले ब्याजदर घटाएको छे भने ५ वटाको ब्याजदर स्थिर हुँदा २ वटा बैंकले ब्याजदर बढाएको छ । असारमा बैंकहरुले व्यक्तिगत मुद्धतीमा दिएको औषत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६.७३ कायम भएको छ ।

    बैंकहरुको सूचना अनुसार लक्ष्मी सनराइज बैंकको ६.५,ग्लोबल आईएमईको ६.२५,कुमारीको ६.७१,प्राइमको ६.५,नेपाल बैंकको ६.२५,सानिमाको ६.४ प्रतिशत ब्याजदर कायम भएको छ । कृषि विकास बैंकको ब्याजदर ६.२९, एभरेस्ट बैंकको ६.३,राष्ट्रिय बाणिज्य बैंकको ६.२१,नेपाल एसबीआई बैंकको ६.३ प्रतिशत ब्याजदर कायम छ । एनएमबिको ७.५३,एनआईसी एसियाको ७.५३,हिमालयको ७.५ ,सिटिजन्सको ६.७५,नबिलको ७,इन्भेस्टमेन्ट मेगाको ७ सिद्धार्थको ६.७५,स्टान्डर्ड चार्टर्डको ७,माछापुच्छ्रेको ७,प्रभुको ७ प्रतिशत ब्याजदर कायम छ । 

    यसरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर धमाधम घटाउन थालेपछि सर्वसाधारण आत्तिने खतरा बढेको छ । ब्याजदर घटेसँगै आम सर्वसाधारण बैंकमा पैसा नराखेर कतिपयले पुँजीलाई पलायन गराउन सक्ने जोखिम बढेको छ । बैंकहरुले यसरी भारी रूपमा ब्याजदर कटौती गरेको पहिलो पल्ट हो । राष्ट्र बैंकले नै ब्याजदर घटाउने नीति ल्याएका कारण आगामी दिनमा अझै ब्याजदर घट्ने देखिन्छ ।  

    बुधवार, श्रावण १ २०८२११:४१:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार