काठमाडौँ, साताको कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक वृद्धि देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अङ्कले बढेर २७६०.१७ को विन्दुमा पुगेको हो । आज बजारमा ९ अर्ब ४१ करोड १९ लाखको कारोबार भएको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य बढेका छन् । आज कारोबारमा आएकामध्ये २०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको मात्र घटेको छ ।
आज सबै समूहगत परिसूचकमा वृद्धि हुँदा सात वटा समूहका एक प्रतिशतभन्दा धेरै र बाँकीमा सोभन्दा कमको वृद्धि थियो ।बजारमा बढे पनि आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेन । सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढ्यो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।