काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
उपकुलपति छनोट सिफारिस समितिले टुंगो लगाएका तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीलाई बुझाएको हो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको समितिको आइतबार बसेको बैठकले तीन जनाको नाम टुङ्गो लगाएको थियो । ती तिन जनाको नाम आज कुलपतिलाई बुझाइएको र चाँडै नै उपकुलपति नियुक्त हुने समिति स्रोतले जनाएको छ । सिफारिसमा को–को परे भन्ने विषय भने गोप्य राखिएको छ ।
त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए । तीमध्ये तीन जनाको नाम छनोट गरिएको हो । कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । समितिले १२ जनामध्ये पाँच जना प्राध्यापकको नाम पहिलो चरणमा छानेर छलफलपश्चात तीन जनाको नाम सिफारिस गरेको स्रोतको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।