बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सामुदायिक विद्यालयमा अध्ययनरत ५० लाख विद्यार्थी घरमै बस्न बाध्य, निजीका पढ्न जान थाले

सामुदायिक विद्यालयमा अध्ययनरत ५० लाख विद्यार्थी घरमै बस्न बाध्य, निजीका पढ्न जान थाले

मेगा खबर संवाददाता

१०, बैशाख २०८२
  • 1.1K
    SHARES

  • सामुदायिक विद्यालयमा अध्ययनरत ५० लाख विद्यार्थी घरमै बस्न बाध्य, निजीका पढ्न जान थाले

    काठमाडौँ, गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलनमा रहेका हुन् ।

    शिक्षकहरू विगत २१ दिनदेखि सडक आन्दोलनमा छन् । उनीहरूले विगतमा आफूहरूसँग गरिएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक नछाड्ने अडान राखेका हुन् । देशभरका सामुदायिक विद्यालयको शैक्षिक गतिविधि जसले गर्दा यतिवेला ठप्प छ । विद्यार्थी भर्ना अभियानदेखि अन्य शैक्षिक गतिविधि बन्दजस्तै छ । शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आउँदा विद्यालय सुनसान छ । शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूमा अध्ययनरत ५० लाख विद्यार्थी घरमा बस्न बाध्य छन् । 

    नेपाल शिक्षक महासंघले ऐन जारी नहुँदासम्म विद्यार्थी भर्ना,एसईईको कापी परीक्षण,परीक्षालगायत कुनै पनि गतिविधिमा सहभागी नहुन भनेको छ । त्यसका लागि चैत २५ गतेदेखि शैक्षिक हडताल नै घोषणा गरेको थियो । सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि ठप्प रहेका वेला निजी विद्यालयमा भने पठनपाठन सुरु भइसकेको छ । देशभर ३० लाख विद्यार्थी निजी विद्यालयहरू अध्ययन गर्दै आएका छन् । निजी विद्यालयहरूले भने भर्ना अभियान र पठनपाठन सँगै अगाडि बढाएका छन् । 

    वैशाख १५ गतेदेखि हुन त औपचारिक रूपमा विद्यालय सञ्चालनमा आउनेछन् । तर पनि अहिले न भर्ना अभियानदेखि कतिपय विद्यालयमा परीक्षासमेत रोकिएका छन् । भने कतिपय विद्यालयमा परीक्षाको नतिजा प्रकाशन हुन सकेका छैनन् । 

    बुधवार, बैशाख १० २०८२११:३१:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार