बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी,आन्दोलन नरोक्ने अडानमा शिक्षक, १२ को वार्षिक परीक्षा अन्योलमा

७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी,आन्दोलन नरोक्ने अडानमा शिक्षक, १२ को वार्षिक परीक्षा अन्योलमा

मेगा खबर संवाददाता

८, बैशाख २०८२
  • 757
    SHARES

  • ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी,आन्दोलन नरोक्ने अडानमा शिक्षक, १२ को वार्षिक परीक्षा अन्योलमा

    काठमाडौं, शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेगरी ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ । तर,आज मन्त्रिपरिषद् बैठक बस्नेनबस्ने टुंगो अझै लागेको छैन । 

    आइतबार शिक्षा मन्त्रालय स्रोतले सोमबार बस्ने मन्त्रिपरिषद्‍को बैठकमा आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेगरि प्रस्ताव लैजाने तयारी भएको जनाएको थियो । तर,आज मन्त्रिपरिषद् बैठक नै बस्ने-नबस्ने टुंगो भइसकेको छैन । प्रधानमन्त्रीको सचिवालयले आज मन्त्रिपरिषद् बैठक हुने-नहुने निश्चित नभएको जानकारी दिएको छ ।

    आज मन्त्रिपरिषद् बैठक हुने नहुने टुंगो लागेको छैन,प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । माग सम्बोधन नभएसम्म शिक्षकहरूले आन्दोलन नरोक्ने अडान राखेका छन् । यसबाट वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाको अन्योल अझ बढाएको छ । 

    सोमवार, बैशाख ८ २०८२०१:१३:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार