काठमाडौँ, केही तरकारी र फलफूलमा ९० प्रतिशतसम्म पानी हुन्छ । तिनीहरूलाई खाँदा शरीरको हाइड्रेसन सुधार गर्न मद्दत गर्छ । आजको यस लेखमा हामी शरीरमा पानीको कमीलाई हटाउन सक्ने यस्ता केही खानेकुराहरूबारे कुराकानी गर्नेछौँ ।
काँक्रोः
काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ । यसलाई पानीको मात्रा सबैभन्दा बढी भएको खानेकुरा मानिन्छ । यसको स्फूर्तिदायी स्वाद गर्मीमा धेरै फाइदाजनक हुन्छ । दैनिक काँक्रो खाँदा मानिसहरूलाई हाइड्रेटेड रहन मद्दत मिल्छ ।
गोलभेँडा
हरेक मौसममा खाइने गोलभेँडा गर्मीमा बढी फाइदाजनक मानिन्छ । गोलभेँडामा ९४ प्रतिशत पानी हुन्छ । यसमा लाइकोपीन नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ,जसले हाम्रो कोषहरूलाई क्षति हुनबाट बचाउँछ र शरीरलाई स्वस्थ राख्छ ।
खरबुजाः
गर्मीमा खरबुजा खानु सबैभन्दा फाइदाजनक मानिन्छ । खरबुजामा लगभग ९२ प्रतिशत पानी हुन्छ । खरबुजा पोषक तत्वहरूले भरिपूर्ण हुन्छ,जसको कारणले गर्दा यसले हाइड्रेसन त कायम राख्छ नै स्वास्थ्यमा पनि सुधार ल्याउँछ ।
स्ट्रबेरीः
पानीको हिसाबले स्ट्रबेरी धेरै फाइदाजनक मान्न सकिन्छ । यसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ । स्ट्रबेरीमा पानी, फाइबर र भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ,जसले गर्दा गर्मीमा यो स्वास्थ्यकर हुन्छ ।
मूलाः
मुलालाई प्रायः सलाद वा अचारको रुपमा खाइन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । मूलामा पानी त प्रशस्त हुन्छ नै यो भिटामिन सी र फाइबरको राम्रो स्रोत पनि हो । गर्मीमा मूला खानाले शरीरलाई स्वस्थ र हाइड्रेटेड राख्न मद्दत मिल्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।