बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईईको परीक्षा आजबाट सम्पन्न

एसईईको परीक्षा आजबाट सम्पन्न

मेगा खबर संवाददाता

१४, चैत्र २०८१
  • 778
    SHARES

  • एसईईको परीक्षा आजबाट सम्पन्न

    काठमाडौँ, माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सम्पन्न भएको छ । चैत ७ गतेदेखि सुरु भएको परीक्षा सकिए छ । 

    राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भए । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ ।

     न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गरिनेछ । सरकारले परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

    शुक्रवार, चैत्र १४ २०८११२:०८:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार