बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शिक्षकको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय

शिक्षकको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय

मेगा खबर संवाददाता

९, चैत्र २०८१
  • 1.1K
    SHARES

  • शिक्षकको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय

    काठमाडौँ,  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई प्रदान गर्दै आएको मोडल परिवर्तन गर्ने भएको छ । हाल प्रदान गर्दै आएको तालिमको मोडल अनुसार शिक्षकहरूलाई पर्याप्त नभएको ठहर गर्दै शिक्षा मन्त्रालयको उनीहरूलाई प्रदान गर्ने तालिमको मोडल परिवर्तन गर्न लागेको हो । 

    त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक तयारी गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा पत्रकार समूहले तयार पारेको प्रतिवेदन बुझ्न आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकलाई प्रदान गर्दै आएको तालिमको मोडल परिवर्तन गर्न लागिएको बताइन् । 

    तालिमका लागि बजेट पनि तल जान्छ । प्रदेशमा तालिम पनि हुन्छ । तर,तालिमको प्रभावकारिता छैन । तालिम परम्परागत मोडलका छन् । यो मोडल परिवर्तन गर्नुपर्छ भनेर शिक्षकहरूको सर्भे गरिरहेका छौँ । सर्भे पछाडि शिक्षकहरूसँग राष्ट्रियस्तरमा नेश्नल पोलिसी डायलग गर्छौ । त्यो डायलगपछि तालिमको मोडालिटीको छिनोफानो गर्छौ,मन्त्री भट्टराईले भनिन् । 

    त्यो कामको सुरुवात गरिएको बताउँदै चाडै नै शिक्षकहरूलाई प्रदान गरिने तालिमको मोडालिटी तयार हुने बताइन् । अब शिक्षक भनेको शिक्षक नै हुनुपर्ने उनको भनाइ छ । 

    आइतवार, चैत्र ९ २०८१०५:३८:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार