बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

केरासँग भुलेर पनि नखानुस् यी चिज, हुन सक्छ हानी

केरासँग भुलेर पनि नखानुस् यी चिज, हुन सक्छ हानी

मेगा खबर संवाददाता

२, चैत्र २०८१
  • 859
    SHARES

  • केरासँग भुलेर पनि नखानुस् यी चिज, हुन सक्छ हानी

    काठमाडौँ, हामीहरू प्रायः त्यतिकै, खाना वा नास्तामा पनि केरा खाइरहेका हुन्छौँ । केरामा प्रशस्त मात्रामा पोटासियम, फाइबर, प्रोटोन, हेल्दी फ्याट र मिनरल्स पाइन्छ । 

    जुन यस प्रकार रहेका छन्:

    केरा र कागती
    कागतीको साथ केरा खानु हुँदैन । कागती सिट्रस फल हो जसमा अम्लीय तत्त्व पाइन्छ । यसलाई केरासँगै खाँदा स्वास्थ्य बिग्रन्छ । केरासँग कागती खाँदा वाकवाकी लाग्ने,बान्ता हुने र टाउको दुख्ने समस्या हुन्छ ।

    केरा र गुलिया चिज
    केरामा पहिलेदेखि नै भरपूर मात्रामा प्राकृतिक मिठास हुन्छ । यस्तो अवस्थामा केरालाई अन्य कुनै मीठो चिजसँग खाएमा तौल बढ्ने, मधुमेहको सम्भावना बढ्नुका साथै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको जोखिम बढ्छ ।

    केरा र एभोकाडो
    एभोकाडो पनि ती खानेकुराहरूमा पर्छ, जसलाई केरासँग खानबाट सकेसम्म बच्नु पर्छ । यी दुवै खानेकुरामा पोटासियम प्रशस्त हुन्छ । यस्तो अवस्थामा दुवै चीज एकसाथ खाँदा शरीरमा पोटासियमको मात्रा बढ्न सक्छ । यसले हाइपरकेलेमिया गराउन सक्छ ।

    केरा र अण्डा
    केरासँग प्रोटिनयुक्त खानेकुरा खानबाट सकेसम्म बच्नु पर्छ । अण्डामा प्रचुर मात्रामा प्रोटिन पाइन्छ, त्यसैले यसलाई केरासँग खाइँदैन । केरा र अण्डा सँगसँगै खाँदा पाचन प्रक्रिया सुस्त हुन्छ । यसले पेटमा ग्यास बन्ने सम्भावना बढाउँछ ।

    केरा र दूधजन्य उत्पादन
    केरा र दूध वा दूधजन्य पदार्थमा उच्च मात्रामा पोषक तत्त्व हुन्छ । यसले शरीरलाई प्रोटिन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र भिटामिन प्रदान गर्छ । दुवै चीज एकसाथ खाँदा पाचन प्रणालीलाई पचाउन समस्या हुन्छ । यी दुई चिज एकै पटक खाँदा धेरैलाई पेट फुल्ने र असहज महसुस हनु थाल्छ ।

    केरा र प्रशोधित कार्बोहाइड्रेट
    चिनी राखेर बनाइएको स्न्याक्स वा बेकरी आइटम जस्ता प्रशोधित कार्बोहाइड्रेटहरु केरासँग खानु हुँदैन । यी दुई सँगै खाएमा रगतमा चिनीको मात्रा अचानक कम हुन सक्छ । जसका कारण मानिसमा कमजोरी महसुस हुनुका साथै बारम्बार भोक लाग्ने समस्या देखिन सक्छ । त्यसैले यी दुईलाई एकै पटक खानबाट बच्नुपर्छ ।

     

    आइतवार, चैत्र २ २०८१११:५९:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार