काठमाडौँ, कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको हो । वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो ।
परीक्षामा मोबाइल फोन,स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को परीक्षा गर्न लागिको हो । कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।