बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भद्रकाली स्कुलमा पूर्व विद्यार्थीद्वारा सरस्वतीको मन्दिर स्थापना

भद्रकाली स्कुलमा पूर्व विद्यार्थीद्वारा सरस्वतीको मन्दिर स्थापना

  • 1.8K
    SHARES

  • भद्रकाली स्कुलमा पूर्व विद्यार्थीद्वारा सरस्वतीको मन्दिर स्थापना

    काठमाडाै,सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-८ स्थित डाँडाखेतमा अवस्थित भद्रकाली माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर स्थापना गरिएको छ।

    भद्रकाली माध्यमिक विद्यालयमाको प्रङ्गणमा स्थापना भएको सरस्वतीको मन्दिर पूर्व विद्यार्थीहरुको सहयोगबाट निर्माण गरिएको थियो । सरस्वती पुजाको अवसरमा बाह्रविसे नगरपालिकाका प्रमुख बलकृष्ण बस्नेतले सरस्वती मन्दिरको अनवरण गर्नु भएको विद्यालयका प्रधानाध्यापक गणेशदत्त पाैड्यालले बताउनु भएको छ । 

    समुद्र सतहदेखि १३७० मिटरको उचाइमा अवस्थित यो विद्यालय अरनिको राजमार्गको ८७ किलोमिटर विन्दुमा रहेको व्यापारिक बजार बाह्रबिसे र राम्चे जोड्ने भोटेकोशी नदीमाथिको पक्की पुल राम्चि खण्डबाट सुरु हुने वारी भैरकुण्ड कच्ची सडकको करिब ५ किलोमिटर दूरीमा रहेको छ ।

    वि.सं.२०१८ सालमा स्थापना भएको यो विद्यालयमा ६३ वर्षपछि पूर्व विद्यार्थीहरुले  सरस्वती मन्दिर निर्माण गरेका हुन् । सरस्वती पूजाको अवसरमा स्कुलले सहयोग गर्ने अविभावक,अक्षयकोष दातालाई सम्मान गरेको थियो ।

     

    मंगलवार, माघ २२ २०८११२:३७:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार