काठमाडौँ, त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन् । सेवा सुविधा लगायतका ७ बुँदे माग अघि सारेर आन्दोलित बनेका हुन् ।
उनीहरूले उपकुलपति कार्यालयसहित देशभरका क्याम्पस अगाडि धर्ना दिएका हुन् ।पुस ५ गतेसम्म नियमित १ घण्टा धर्ना दिने गरी कार्यतालिका बनाएका छन् ।
त्रिवि कर्मचारी सङ्घका अध्यक्ष छत्र कार्कीका अनुसार वर्षौँदेखि त्रिविमा कार्यरत कार्यालय सहयोगी,सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई तुरुन्त स्थायी गर्नुपर्ने माग छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।