काठमाडौँ, सुख्खा फलफूलमध्ये हाडे बदाम (आल्मोन्ड) लाई निकै स्वास्थ्यकर मानिन्छ ।
यसलाई जसरी पनि खान सकिन्छ । भुटेर वा बिहान पानीमा भिजाएर खाए पनि सबै हिसाबले फाइदाजनक हुन्छ । बालबालिकालाई पानीमा भिजाएर हाडे बदाम खुवाउँदा उनीहरूको दिमाग तेजिलो हुन्छ । तर,कतिपय मानिसले दिनमा धेरै हाडे बदाम खान्छन्,जुन ठिक होइन । हाडे बदाम खाने उपयुक्त समय पनि हुन्छ । यदि तपाईँ यसबाट बढी फाइदा लिन चाहनुहुन्छ भने यसलाई खाने सही तरिका अवश्य जान्नुहोस् ।
हाडे बदाममा पाइने पोषक तत्त्व
हरेक २८ ग्राम अर्थात् लगभग २३ बदाममा क्यालोरी १६०,फाइबर ३.५ ग्राम,हेल्दी फ्याट १४ ग्राम,प्रोटिन ६ ग्रामका साथै कार्बोहाइड्रेट,म्याग्नेसियम,क्याल्सियम,आइरन,भिटामिन ई आदि पाइन्छ । यसमा एन्टिअक्सिडेन्टमा पनि प्रशस्त हुन्छन् । विशेष गरी यसको बोक्रामा रहेको एन्टिअक्सिडेन्टले अक्सिडेटिभ तनावबाट बचाउँछ ।
हाडे बदाम कहिले खाने ?
हाडे बदाम बिहान खानु राम्रो हो । खासगरी खाली पेटमा खाना खानु राम्रो मानिन्छ । यसले दिनभर ऊर्जा प्रदान गर्छ। यो ऊर्जाको राम्रो स्रोत हो,त्यसैले कसरत गर्नुअघि यसलाई खान सक्नुहुन्छ ।
कसरत पछि,तपाईं ग्रीक योगर्ट जस्तै प्रोटिनसँग जोडा गरेर बदाम खान सक्नुहुन्छ । यसले मांसपेशीहरू पनि मर्मत गर्नेछ ।
राति हाडे बदाम खाँदा राम्रो निन्द्रा आउँछ । यसमा पाइने म्याग्नेसियमले मानिसलाई आरामको अनुभूति गराउनुका साथै अनिद्राको समस्यालाई हटाउँछ ।
एक दिनमा कतिवटा हाडे बदाम खानुपर्छ ?
दिनभरिमा धेरैमा ७ देखि ८ वटा हाडे बदाम मात्र खानुपर्छ । यसले ऊर्जा बढाउँछ । दूध वा पानीमा भिजाएर पनि हाडे बदाम खान सकिन्छ । यसरी पनि धेरै लाभदायक छ ।
यदि तपाईँलाई यसरी खान मनपर्दैन भने तपाईँले काँचो बदाम पनि खान सक्नुहुन्छ । भुटेर पनि हाडे बदाम खान सकिन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।