काठमाडौं, त्रिभुवन विश्वविद्यालयले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाइ गरेको छ । विभिन्न ८ वटा संकायका डीन र १४ वटा क्याम्पसका क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाइ गरेको हो ।
पदाधिकारीहरूबिच भागबन्डा नमिल्दा नियुक्तिमा ढिलाइ भइरहेको आरोप लागेको छ । तर त्रिविका पदाधिकारीहरूले भागबन्डाको आरोप झुटा भएको बताउँदै आएका छन् । भागबन्डाका कारण नियुक्तिमा ढिलाइ भएको आरोप लागिरहेका बेला त्रिविले भने मंसिर २७ गते तोकिएको नीति अधिवेशनपछि मात्रै हुने प्रस्ट पारेको छ ।
त्रिवि प्रवक्ता तथा त्रिवि कार्यकारी परिषद्को सचिवालयका प्रमुख एमान सिंह बोहराले नीति अधिवेशनपछि मात्रै नियुक्ति हुने बताए । बाहिर हल्ला आएजस्तो पदाधिकारीहरूबिच कुनै खालको विवाद नभएको उनको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।