काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर २७ गते नीति अधिवेशन बोलाएको छ । त्रिवि प्रवक्ता यमनबहादुर बोहराका अनुसार त्रिविको विद्यमान नीतिबारे छलफल हुनेछ ।
त्यसमा नियम कानुनसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा छलफल हुनेछ । त्रिविको हिउँदे अधिवेशनका नामले चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्नेछ ।
त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल थालेको छ । सभा सदस्य तथा त्रिवि स्ववियु सभापति श्यामराज ओझाले आफूले समेत अधिवेशनका लागि तयारी गरिहरेको बताए । उनले देशभरका स्ववियुहरूसँग सुझाव माग गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।