काठमाडौँ, बागमती प्रदेशमा सचिव नहुँदा कार्य प्रभावित भएको छ । संघीय सरकारले सरुवा गरी नपठाउँदा प्रदेशका ५ निकायमा ७ सचिव पद रिक्त रहेको हो ।
सचिव नहुँदा मुख्यमन्त्री कार्यालयसमेतको काम प्रभावित भएको छ । संघीय सरकारसँग उपयुक्त समन्वय नहुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ३ सचिव पद रिक्त रहेका छन् भने संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय,श्रम रोजगार तथा यातायात मन्त्रालयमा सचिव रिक्त छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।