काठमाडौ, राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले रजिस्ट्रेसन आवेदन (विषय दर्ता) फाराम भर्न सूचना जारी गरेको छ ।
शैक्षिक सत्र २०८१८२ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन (विषय दर्ता) फाराम प्रविष्टि, रकम दाखिला एवं फाराम बुझ्ने÷बुझाउने जानकारीका लागि सूचना जारी गरेको हो । माध्यमिक शिक्षा परीक्षामा न्यूनतम १.६ जिपिए प्राप्त गर्ने विद्यार्थीहरूले कक्षा ११ मा अध्ययन गर्न पाउने हुँदा सोही बमोजिम भर्नाका आधारलाई पालना गरी रजिस्ट्रेसन आवेदन फाराम भर्नुपर्ने,रजिस्ट्रेसन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडसिटको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
रजिस्ट्रेसन आवेदन फाराम वापत बोर्डमा वुझाउनुपर्ने रकम यही कात्तिक १५ गतेसम्म विलम्ब शुल्क रहित (प्रति विद्यार्थी रु.४००–) बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीहरूको हकमा यही कात्तिक ३० गते भित्र विलम्ब शुल्क सहित (प्रति विद्यार्थी रु.८००) का दरले हुन आउने रकम दाखिला गरी मङ्सिर ७ गतेभित्र सम्बन्धित विद्यालयहरूले बैंक भौचर र रजिस्ट्रेसन आवेदन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।