काठमाडौँ, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डिजिटल साक्षरता विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।
आजको विज्ञान प्रविधिको युगमा नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा जोड दिइन् । त्यसका लागि डिजिटल साक्षरता विकास गर्नुपर्ने बताएकी हुन् ।
विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अनुसन्धानलाई उत्पादनसँग जोडेर दिगो पूर्वाधारको विकास गर्नुपर्ने बताइन् । त्यसका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता हुने उनले बताइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।