बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

देशभरका विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

देशभरका विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

मेगा खबर संवाददाता

२०, भाद्र २०८१
  • 775
    SHARES

  • देशभरका विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

    काठमाडौँ, सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका १३ वटै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको हो ।

    त्यसका लागि १३ वटै विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीहरूसँग असोजको पहिलो हप्ता बैठक डाकिएको छ । शिक्षामन्त्री विद्या भट्टराईले सबै विश्वविद्यालयमा एउटै खालका शैक्षिक क्यालेन्डर लागू गर्न लागेको बताइन् । असोजको पहिलो साता सबै उपकुलपतिहरूलाई बोलाएर यो विषयमा छलफल गर्न लागिएको उनको भनाइ छ ।

    ‘हाम्रा विश्वविद्यालयमा फरक फरक समयमा पठनपाठन हुने, फरक समयमा परीक्षा हुने,नतिजा पनि फरक समयमा हुने गरेका छन् । जसले गर्दा विद्यार्थीहरू मर्कामा परिरहेका छन् । अब १३ वटै विश्वविद्यालयका लागि नेशनल क्यालेन्डर बनाएर अघि बढ्छौँ,मन्त्री भट्टराईले भनिन् ।

     

    बिहिवार, भाद्र २० २०८१०४:२७:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार