काठमाडौँ, भदौ १३ गते, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।
उनीहरूमध्ये ३४ जनाको ए प्लस ग्रेड आएको छ । १३३ जनाको ए ग्रेड आएको छ । वैशाख १४ देखि २६ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । जसको नतिजा साउन १८ गते सार्वजनिक भएको थियो । एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको थियो । नतिजामा चित्त नबुझेकालाई साउन मसान्तभित्र पुनर्योगका लागि निवेदन दिन आह्वान गरिएको थियो । जसमा ४० हजार विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका थिए । तीमध्ये साउन २७ गतेसम्म निवेदन दिएका विद्यार्थीहरूको पुनर्योगको नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।
पुनर्योगको नतिजा उत्तर पुस्तिका पुनर्योग समितिको भदौ १२ गते बसेको बैठकको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।