मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

'हराएका वर्षहरू' हेरेपछि प्रकाश तामाङलाई भेट्ने प्रधानमन्त्रीको तीव्र चाहना

'हराएका वर्षहरू' हेरेपछि प्रकाश तामाङलाई भेट्ने प्रधानमन्त्रीको तीव्र चाहना

मेगा खबर संवाददाता

११, भाद्र २०८१
  • 1.3K
    SHARES

  • 'हराएका वर्षहरू' हेरेपछि प्रकाश तामाङलाई भेट्ने प्रधानमन्त्रीको तीव्र चाहना

    काठमाडौँ,   हेर्ने कथा 'हराएका वर्षहरू' यतिवेला चर्चामा छ । प्रधानमन्त्री ओलीले पनि यस भिडियोमा प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका छन् । 

    उनले लेखेका छन् – 'हामी दुःखको आँसुसँग मात्र परिचित छौँ । चाहे सुखका हुन् वा दुःखका,भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड 'हराएका वर्षहरू' हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो ।' 

    ओली थप लेख्छन्–' सोचें- यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली 'स्टोरी टेलर' हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु । विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु । यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!'

    https://fb.watch/ud9U_2Orgj/

     

    मंगलवार, भाद्र ११ २०८१११:५५:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार