काठमाडौँ, त्रिभवन विश्वविद्यालयमा अध्यापनरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ । साउन २३ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आंशिक शिक्षकहरूलाई करार सेवाका शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
त्रिविका ६२ वटै आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा कार्यरत स्थायी,अस्थायी र करार प्राध्यापकहरूले पूर्ण कक्षाभार लिई बाँकी रहेको कक्षाभारलाई आधारमानी त्रिविको स्वीकृति रिक्त दरबन्दीमा करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले प्राडा रामकृष्ण तिवारीको संयोजकत्वमा वार्ता तथा राय सुझाव समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा आंशिक प्राध्यापक सङ्घ केन्द्रीय सङ्घर्ष समिति र वार्ता तथा राय सुझाव समितिबिच २०८१ साउन १५ गते समझदारी भएको थियो ।
सोही समझदारी अनुसार आंशिक प्राध्यापकहरूलाई करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।